Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फाइनलमा कप्तान रोहितले पनि बनाए अर्धशतक

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन् ।

उनले ३६ बलमा अर्धसतक पुरा गरेका हुन् । नेपाल समस्याग्रस्त रहेको अवस्थामा क्रिजमा आएका उनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे ।

गुल्शन झासँग रोहितको ७८ रनको बलियो साझेदारी भएको थियो । संयमित भएर खेलिरहेका रोहितले गुल्शन आउट भएपछि आक्रामक ब्याटिङ गरिरहेका छन् ।

अन्तिम ओभरको दोस्रो बलमा चौका हान्दै उनले अर्धशतक पूरा गरेका हुन् । उनले ३७ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे ।रोहितको कप्तानी पारी र गुल्शनको विष्फोटक ब्याटिङमा नेपालले चुनौतीपूर्ण स्कोर खडा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077