Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुल्सन झाले लिए ओमानको दोस्रो विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा गुल्सन झाले ओमानका अकिब इलियासलाई आउट गराएका हुन्।

गुल्सनले ओमानका ब्याट्सम्यान अकिब इलियसलाई पेभेलियन फर्काए। गुल्सनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिबलाई सन्दीप जोराद्वारा क्याच गराएका हुन् ।

अकिबले टोलीका लागि ३३ रनको योगदान गरे । उनले १९ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए ।

उनी आउट हुँदा ओमानले ९.४ ओभरमा ९४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077