Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जाजरकोट भूकम्प प्रभावितलाई राप्रपाले २५ लाख दिने

    जाजरकोट भूकम्प प्रभावितलाई राप्रपाले २५ लाख दिने

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 696
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ ।

    आइतबार बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट २५ लाख दिने निर्णय गरेको हो ।



    राप्रपाले प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।



    साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।

    गत शुक्रवार राती जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण १५७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार