Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुपर ओभरमा नेपाल पराजित, ओमानले जित्यो उपाधि

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया फाइनल छनोटको फाइनलमा ओमानसँग नेपाल पराजित भएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले सुपर ओभरमा जित निकालेको हो।

दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई २२ रनको लक्ष्य दिएको थियो।

तर नेपालका खेलाडी सुपर ओभरको पहिलो बलमै आउट भएपछि खेल ओमानले जितेको हो। ओमानले सुपर ओभरमा २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाउन सफल भयो।

नियमित खेलमा नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले ९ विकेट गुमाएर पनि लक्ष्य पूरा गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077