Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सांसदले भूकम्पपीडित राहत कोषमा १५ दिनको तलब जम्मा गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसदले १५ दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितको राहत र उद्धारको लागि सहयोग गर्ने भएका छन् ।

​भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिने निर्णय गरेका हुन् ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ ।

बैठकले उक्त विनाशकारी भूकम्पमा परी जीवन गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै कांग्रेसको भूकम्पपछि सहयोगको सहजीकरणको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077