Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोंगबु प्रभागका इन्स्पेक्टरमाथि कारबाहीको तयारी

काठमाडौं । प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक दिनेश गुरुङमाथि छानबिन सुरु भएको छ । एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो ।

गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाटार बस्ने कर्णबहादुर अधिकारीलाई पाइपले कुटेका हुन् । अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए । उनको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो ।

सो दिन छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो । थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए । प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले उनलाई कुटेका हुन् । अधिकारी घाइते भएका छन् ।

पछि माफी मागेर अधिकारी श्रीमतीसहित त्यहाँबाट निस्किएका थिए । कुटपिटबाट आफू अस्पताल नै जानु परेको भन्दै उनले विभिन्न निकायमा उजुरी गरेका हुन् । जसअनुसार गुरुङमाथि छानबिन सुरु भएको छ ।

पीडित अधिकारी भूपु आर्मी हुन् । घटना गम्भीर प्रकृतिको देखिएकाले इन्स्पेक्टर गुरुङलाई कारबाही गरिने उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077