Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी भुसाललाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ।

उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि सकिएपछि त्रिविका शिक्षाध्यक्ष भुसाल उपकुलपतिको जिम्मेवारी दिईएको हो ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको त्रिविले जनाएको छ।

विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो।

विश्वविद्यालय ऐनअनुसार भुसाल बढीमा तीन महिना उपकुलपतिको जिम्मेवारीमा रहन पाउनेछन्। त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077