Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा एक महिला मृत फेला, हत्याको आशंका

कञ्चनपुर । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् ।

आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएकी हुन् ।

जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077