Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेकपा एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले विश्वासको मत कायमै राख्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतको निर्णय गरेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077