Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री

काठमाडौं । काठमाडौं महानगरपालिकाले भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत महानगरले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो ।

भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बताए।

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति पुगेको छ ।

खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ । सोही आधारमा काठमाडौं महानगरपालिकाले समेत राहत साम्रागी पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077