विराटनगर । कोशी प्रदेश सरकारको बजेट अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ ।
सोमबार विराटनगरस्थित प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठकमा यसअघिको सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृत भएको हो ।
प्रदेश सभा बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र ०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत भएको हो ।
त्यसैगरी, प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले सो अध्यादेश अस्वीकृतको मागलाई फिर्ता लिएका थिए।