Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारलाई कांग्रेसले भन्यो - राहत र पुनर्स्थापना स्थानीय तहको नेतृत्वमा गरौँ

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे ९ बुँदे सुझावसहित ध्यानाकर्षण गराएको छ।

मंगलबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाली सभापति शेरबहादुर देउवासहितका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।

आउँदो हिउँदलाई विचार गरी अस्थायी आवास जतिसक्दो चाँडो व्यवस्था गर्नुपर्ने कांग्रेसको सुझाव छ । कांग्रेसले तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनर्निर्माणका काममा ९ बुँदामा सरकारलाई सुझाव दिएको छ ।

कांग्रेसले जाजरकोट भूकम्पपछि राहत, उद्धार र पुनर्स्थापना कार्य प्रदेश र स्थानीय तहको नेतृत्व र संघीय सरकारको अनुगमन तथा सहजीकरणमा गर्दा उपयुक्त हुने सुझाव दिएको छ ।

कांग्रेसले भूकम्पपछि केन्द्र र स्थानीय सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ भने भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न आवश्यक रहेकोमा सुझाव राखेको छ ।

कांग्रेस सभापति देउवाले कांग्रेसका तर्फबाट भूकम्पपीडितकालागि तत्काल उद्धार र राहतका लागि एकमुष्ट ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साथै, कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता-कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डलाई भनेको छ ।

यी अत्यावश्यक सामग्रीहरु अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा कृयाशिल राजनैतिक दलहरु र संघ-संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077