Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमले भन्यो - भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या छैन

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या नरहेको बताएको छ ।

कात्तिक १७ गते पश्चिम नेपालका जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्प प्रभावित क्षेत्रमा कुनै पनि समस्या नरहेको टेलिकमले बताएको हो ।

यद्यपि कतिपय प्रयोगकर्ताहरूले भने नेटवर्कमा समस्या आएको गुनासो गर्दै आएका छन् ।

तर, टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कमा समस्या नरहेको दाबी गरे ।

यसबाहेक, त्यस क्षेत्रमा टेलिकमले निःशुल्क सिम कार्ड समेत वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077