Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले भने - क्रिकेटमा नेपालको सम्भावना राम्रो छ, रंगशाला बनाउँछु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको बताएका छन् । टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने उनले बताए ।

क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने उनको भनाई छ ।

उनले आफूले क्रिकेट हेर्दै आएको र नेपाली टीम 'बेस्ट' भएको उनको दाबी छ । भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाएर आम नेपालीको भावनाको सम्बोधन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077