Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेको कटाक्ष - ‘सर्वदलीय हेड सर’हरू जनता जोगाउनुस्, व्यवस्था आफै जोगिन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुलाई सर्वदलीय हेडसरको उपमा दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले ‘आदरणीय ‘सर्वदलीय हेड सर’ हरू यता सुन्नुस् है !’ भन्ने कटाक्ष गर्दै व्यवस्था बचाउन जनताको पक्षमा काम गर्न सुझाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राखेको सर्वदलीय बैठकबारे टिप्पणी गर्दै उनले पाल र ब्लान्केट बोकेर जनतामा जान आग्रह पनि शीर्ष नेतालाई गरे । नेताहरु जनताकोमा गए व्यवस्था आफै जोगिने उनले बताए ।

“आदरणीय ‘सर्वदलीय हेड सर’हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्,” उनले लेखेका छन्, “व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ ।”

उनले सुत्केरीहरुको जिउ सुन्निएको, अस्थायी शौचालय नभएको, पुरिएका चौपायाका कारण महामारी फैलने डर भएको उल्लेख गर्दै जुटाइदिएको पाल, चामल, दाल समयमै बाड्न नसक्ने नसक्नेले व्यवस्थाको, परिवर्तनको चिन्ता गर्ने भन्दै प्रश्न गरेका छन् ।

परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाएको लामिछानेले उल्लेख गरेका छन् ।

आजको सर्वदलीय बैठकमा संविधानमाथि भइरहेको प्रहारविरुद्ध एकजुट भएर अगाडि बढ्ने प्रमुख दलहरूले निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077