Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • शीर्ष नेतालाई गगनको सुझाव – तपाईंहरु विश्राम लिइदिनुस्, यो व्यवस्थालाई कसैले केही गर्न सक्दैन

    शीर्ष नेतालाई गगनको सुझाव – तपाईंहरु विश्राम लिइदिनुस्, यो व्यवस्थालाई कसैले केही गर्न सक्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 735
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका शीर्ष नेताहरूलाई एकजुट भएर राम्रो काम गर्न आग्रह गरेका छन् ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सिंहदरबारमा गणतन्त्रवादी दलका नेताहरुको बैठक बसेकोबारे टिप्पणी गर्दै महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । उनले प्रमुख दलका शीर्ष नेताहरूले एउटा मात्र राम्रो काम गरे अहिलेको व्यवस्था बलियो हुने बताए ।



    उनले लेखेका छन्, ‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्ने छ। र, गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जाने छन् । आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुने छ ।’



    उनले अहिलेका शीर्ष नेताहरूले गणतान्त्रिक व्यवस्था स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको तर अब उनीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।

    ‘मैले भन्दै आएको छु, फेरि भन्छु– तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनुभयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन,’ थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार