Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने घोषणा गरेका छन् ।

उनले मङ्गलबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

‘प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शंकासँग मेल खाँदैन’, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भने, ‘यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु।’

यसअघि मंगलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धानकर्ताहरूले विभिन्न मन्त्रालय र कोस्टाको कार्यालयमा छापा मारेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077