Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगलका प्रधानमन्त्री कोस्टाले दिए राजीनामा

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन्।

भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री कार्यालयका प्रमुख भिटोर एस्कारियालाई त्यहाँको प्रहरीले हिरासतमा लिएपछि प्रधानमन्त्री कोस्टाले राजीनामा दिएका हुन्।

राष्ट्रपति मार्सेलो रेबेलो डिसुजाले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेका छन् ।

आफ्नो कार्यालयका प्रमुख लिथियम उत्खनन् र हाइड्रोजन परियोजनामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेको केही घन्टामा कोस्टाले पदमा रहिरहन नैतिकताले नदिने बताउँदै राजीनामा बुझाएका हुन्।

राजीनामापछि उनले टेलिभिजन सन्देशमार्फत आफू कुनैपनि अपराधिक कृयाकलापमा संलग्न नभएको बताएका छन्। तर प्रधानमन्त्री पदको गरिमा बढाइराख्नका लागि आफूले पदबाट राजीनामा दिएको बताए।

हाइड्रोजन प्लान्ट निर्माण र लिथियम अन्वेषण तथा उत्खनन् परियोजनामा भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री कार्यालयका प्रमुखसहित ५ जना पक्राउ परेको एपीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077