Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

तेस्रो दिन पनि बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५.१७ अंकको सुधार आएको छ ।

दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो ।

यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ । कारोबार रकम भने घटेको छ । मंगलबार ९९ करोडको सेयर किनबेच भएकोमा बुधबार ७८ करोड २७ लाखमा खुम्चियो ।

कुल १२४ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रह्यो । बैंकिङ ३, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, उत्पादन ५७, माइक्रोफाइनान्स ८, अन्य १० र ब्यापार उपसमूह ५ अंक बढे ।

निर्जीवन बीमा २२, होटल तथा पर्यटन ३३ र विकास बैंक उपसमूह १३ अंक घटे ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा कुनै पनि परिवर्तन आएको छैन । विकास बैंकसहित होटल र टुरिजम समूह, लगानी र निर्जीबन बीमा समूहको सूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077