Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इन्डोनेसियामा गयो ७.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी । इन्डोनेसियामा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको बान्दा सागरमा सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै जानकारी आएको छैन । भूकम्पका लागि कुनै पनि सुनामी जारी गएको थिएन ।

प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको छ।

इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सीका अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।

सन् २००४ मा सुमात्राको तटमा गएको नौ दशमलव एक म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै एक लाख ७० हजारसहित दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077