Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रेशम चौधरीको आममाफीविरुद्ध मुद्दाको सुनुवाइ आजबाट

    रेशम चौधरीको आममाफीविरुद्ध मुद्दाको सुनुवाइ आजबाट

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 522
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाइ हुने हुँदैछ । सो रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

    गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी जेठ १५ गते रिहा भएका थिए ।



    त्यसपछि टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते नै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।



    यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार