Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।

भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ । उक्त छलफलमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत थिए ।

पाँच दिने भ्रमणमा काठमाडौं आएका उनले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गरिरहेका छन् । उनी शुक्रबार पोखरा जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077