Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको हो ।

न्यायाधीश घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन ।

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।

यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए ।

पछि क्यानका पदाधिकारीको आग्रहमा उनी नेपाली टोलीमा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077