Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रहरी थुनामा रहेका एक जनाको मृत्यु

धनगढी । हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको हो।

मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टी सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापालाई लाठी प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका थिए।

जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीवार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो।

सोही क्रममा बेहोस भएका सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077