Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।​

प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्रीको हैसियतमा धर्ना दिने बताएका हुन् । ​

प्रदेशसभा सदस्य गोम्बु शेर्पाले नेपालको संविधानले संघ, प्रदेश तथा स्थानीय तहका साझा अधिकार सूचीमा रहेको अधिकारमा आवश्यक कानून बनाएर कार्यान्वयन नगर्दा प्रदेश र स्थानीय तहमा धेरै समस्या भएको भन्दै मुख्यमन्त्रीलाई यसमा तपाईँको कार्य योजना के रहेको छ, भनेर प्रश्न सोधेका थिए ।

जवाफमा मुख्यमन्त्री कार्कीले संघीय सरकारहरूले संविधान कार्यान्वयन गर्नुभन्दा पहिलो कार्यकालमा प्रदेश सरकारले कानूनहरू धेरै बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077