Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली बनेर भारतीय नागरिक मेहराले किने नेपालमा जग्गा, पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गैर–नेपाली नागरिक अनुप मेहराविरुद्ध गैरकानुनी रूपमा जग्गा खरिद गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मेहताविरुद्ध ५ करोड ५ लाख रुपैयाँभन्दा बढी बिगो मागसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मेहराविरुद्ध ५ करोड ५ लाख ४२ हजार रुपैयाँ बिगो मागसहित बिहीवार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

नवलपरासीको साबिक सनई गाविसमा पर्ने हदबन्दी रोक्का रहेको जग्गा मेहताले नेपाली नागरिक अनुपकुमार खत्री भएर किनेका थिए ।

तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठलगायतले उनलाई नेपाली नागरिक खडा गरेका थिए ।

नक्कली नेपाली नागरिक खडा गरी सरकारका नाममा आउनुपर्ने ३२ रोपनी जग्गा बेचबिखनमा संलग्न १३ जनाविरुद्ध अख्तियारले यसअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बिहीवार नक्कली नेपाली भएर जग्गा खरिद गर्ने मेहताविरुद्ध बिगो माग गरी मुद्दा दायर गरिएको हो । मेहराले नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमि सुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी, मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार सङ्ख्या कायम गरी गैर–कानुनी निर्णय गर्न लगाएको, सोही निर्णयलाई कार्यान्वयन गराउन मालपोत अधिकृतसमेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको र लामो समयदेखि हदबन्दी रोक्का रहेको जग्गा भूमिसुधार कार्यालयले हदबन्दी फुकुवा गर्ने निर्णय गरेको आरोप लागेको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ बिगो रकमसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077