Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीमा राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आगामी मंसिर ११, १२ र १३ गते जलेश्वरमा बैठक राख्ने निर्णय गरेको हो ।

रास्वपाले यसअघि पनि कात्तिक २२ र २३ गते मधेस प्रदेशमै संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकको तयारी गरेको थियो।

तर, गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्र गरी भूकम्प गएपछि स्थगित गरेको थियो।

मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि पार्टीले विमर्शको तयारी गरेको छ।

दस्तावेजलाई पूर्णता दिने तयारीमा रहेको रास्वपाले यसअघि जन आवाज सुन्न भन्दै पार्टी केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँगाउँ खटाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077