Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्दै युक्रेन

एजेन्सी । युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट बिनियोजन विषयमा मतदान भएको थियो ।

कीएभ र मस्को दुवैले युद्ध शुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन्। उनीहरू दुवैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन्।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १‍.७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ । जुन सन् २०२३ को बराबर हो।

यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्त रूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077