Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मर्यादित भएर राति १ बजेसम्म देउसी भैलो खेल्न मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्।

मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ।

मेयर बालेनले भनेका छन्,‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो । यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’

मेयर बालेनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077