Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित सर्वेक्षक सुवाशचन्द्र यादव र बिचौलिया उमेश यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

३ जनाउपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तीन जनालाई ७० हजार नगद ५५ हजारको चेकसहित एक लाख २५ हजार रुपैयाँसहित असोज २६ गते नियन्त्रणमा लिएको थियो ।

उनीहरूले घुस लिएको पुष्टि भएको हुँदा तीनै जनाविरुद्ध एक लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077