Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूकम्प पीडितलाई उपराष्ट्रपति यादवले एक महिनाको तलब सहयोग गर्ने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफ्नो एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् ।

उपराष्ट्रपति यादवले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग बताएका हुन् ।

उपराष्ट्रपति यादवको सचिवालयमा कार्यरत अन्य कर्माचारीहरुले पनि आफ्नो पारिश्रमिकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्ने भएका छन् ।

सचिवालयमा कार्यरत कर्मचारीको हकमा भने सल्लाहकारहरुबाट १५ दिन, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सो सरहको कर्मचारीहरुबाट सात दिनको पारिश्रमिक रकम सहयोग गर्न लागिएको हो ।

गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भए गएको भूकम्पमा परी हालसम्म १५४ जनाको ज्यान जानुका साथै सयौं घाइते भएका छन् भने हजारौं घरबारविहिन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077