Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चालु आ.ब.को तीन महिना : तीन खर्ब ६५ अर्ब रेमिटेन्स भित्रिदा बिद्यार्थीसँगै बाहिरियो ३३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ६ अर्ब रेमिटेन्स भित्रिदा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीसँगै ३३ अर्ब रुपैयाँ विदेशिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो महिना (असोज) सम्म तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ अर्बको दरमा रेमिटेन्स भित्रिरहेको छ।

असोजको एक महिनामै भने एक खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो।

यो तीन महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने २१ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिमा जानेको संख्या २ लाख ५ हजारभन्दा धेरै हुँदा चालु आर्थिक वर्षको असोजसम्ममा भने एक लाख ६२ हजार छ।

गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या सात लाखभन्दा धेरै पुगेको थियो। गत वर्ष बढेको यो संख्याकै कारण रेमिटेन्स भित्रिने दरमा वृद्धि देखिएको हो।

यसैबीच, नेपालबाट विदेश जाने विद्यार्थीसँगै तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो ।

यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१।३ प्रतिशत धेरै हो । पर्यटक आगमनमा भएको वृद्धिसँगै भ्रमण आयसमेत बढेको छ । अघिल्लो आवको तीन महिनामा भ्रमण आय ११ अर्ब २४ करोड रुपैयाँ मात्र थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077