Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोट : युएईविरूद्ध खेल्ने नेपाली टिम घोषणा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ यूएईसँगको खेलका लागि टिममा परेका छैनन् ।

घुँडाको चोटको कारण खेल्न नसक्ने भएकाले उनलाई टिममा नराखेको एन्फाले जनाएको छ । नेपालले कात्तिक ३० गते यूएईसँग उसैको घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ ।

त्यसपछि नेपालले मंसिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्ने छ । नेपालको समूहमा बहराइन पनि छ ।

नेपाली टिम

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077