काठमाडौं । नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइँटेलले राजिनामा दिएका छन् । अवकाश हुन दुई साता बाँकी रहँदा उनले राजिनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । प्रहरी एकेडेमीमा कार्यरत लुइँटेलले ६ मंसिरदेखि अवकाश पाउन लागेका थिए ।
उनको राजिनामा स्वीकृत भएपछि प्रहरीमा एसएसपीका पाँच पद रिक्त हुनेछन् । अर्का एसएसपी मोहनप्रसाद पोखरेलले पनि १५ मंसिरमा अवकाश पाउनेछन् ।
त्यसपछि एसएसपी पदमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।