Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोलखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

दोलखा । दोलखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका-७ का युवक सुजन मगर रहेका छन् ।

शुक्रबार अपराह्न कालिञ्चोकबाट चरिकोट आइरहेको बा २१ च ८२६८ नम्बर जिप अनियन्त्रित भई वाग्मती प्रदेश ०२०४६ नम्बरको मोटर साइकललाई ठक्कर दिएर भीमेश्वर नगरपालिका-७ देउराली नजिकै सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको चरिकोटको अस्पतालमा उपचार जारी छ । प्रहरीका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077