काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको उपदेश सबैले अनुशरण गर्नुपर्ने बताएका छन् ।
फाल्गुनन्दको १३९औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले समाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
फाल्गुनन्दले अगाडि सारेको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको उनको भनाई छ ।
महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।