Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हिरासतमा मृत्यु भएका युवकको शव आफन्तले बुझे

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका बेला मृत्यु भएका युवकको शव आफन्तले बुझेका छन् ।

हत्या अभियोगमा पक्राउ परेर थुनामै रहेकाबेला मृत्यु भएका धनगढी उपमहानगरपालिका-१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको शव शुक्रबार आफन्तले बुझेका हुन् ।

मृत्युको घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका-१६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077