Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्लाहीको बलरा क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी

    सर्लाहीको बलरा क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 519
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ ।

    नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालयले बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा  बिजुली प्रयोग गरिरहेको फेला पारेको हो।



    प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा एक सय ग्राहकको सिङ्गल तथा थ्री फेज मिटरको छट्के जाँच गरेको थियो । त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरेको पाइएको कार्यालयले जनाएको छ ।



    विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैरकानुनी क्रियाकलाप संगठित रुपमै भइरहेको पाइएको हो ।

    गैरकानुनी रुपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशन दिइएको छ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुर केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ ।

    कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुईवटा राइस मिल र एउटा सिंचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ । ती मिलहरुले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए ।

    ब्रम्हबाबा जलउपभोक्ता समिति, धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो । उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार