Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प प्रभावित क्षेत्रमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावितका नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी रहेको छ ।

शनिबार राति सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा पानी परेर जाडो बढिरहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भूकम्प प्रभावित क्षेत्र पुगेर दुई नमूना अस्थायी घर (टहरा) बनाएको पनि उनले अनुभव सेयर गरे । उनले तत्काल तिहार लगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्ने बताए ।

घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजारबाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077