Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज हङकङ जाँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज हङकङ प्रस्थान गर्दैछ । हङकङमा हुने चारदेशीय शृंखला खेल्न टोली दिउँसो ३ः४५ बजे त्यसतर्फ उड्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुुसार शृंखला कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ ।

शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ ।

नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077