Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेका छन् ।

वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077