Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा आफ्नै घरभित्र श्रीमान्–श्रीमती मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–१ बिनबारीमाका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।

राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पुष्पाका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077