Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीले भने - कोशी प्रदेश सरकारले टुक्रे योजना ल्याउँदैन

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले टुक्रे योजना नल्याउने दाबी गरेका छन् ।

मोरङको पथरी शनिश्चरे– ४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सरकारले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिए। उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए ।

मुख्यमन्त्री कार्कीले भने, 'कम बजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालन हुँदा छिटो आर्थिक समृद्धि हुन्छ । संघबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ ।'

समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे।

प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077