Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासी जीप दुर्घटना : मृतक ४ जनाको सनाखत

नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका ६ मध्ये ४ जनाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका-६ का २९ वर्षीय जीप चालक छनबहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा रहेका छन् ।

अन्य २ जनाको आइतबार दिउँसोसम्म सनाखत हुन सकेको छैन ।

बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको मांझडाँडाबाट सुन्तला बोकेर स्थानीय जीप चढेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077