Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वदेश फर्कियो चिनियाँ कम्युनिस्ट पार्टीको टोली

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

कात्तिक २२ नेपाल भ्रमणमा आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटघाट गरी आइतबार स्वदेश फर्किएको हो ।

श्रीलंकन एयरको उडान नम्बर यूएल १८२ मा चुनछेङ नेतृत्वको ११ सदस्यीय टोली आइतबार दिउँसो साढे २ बजे कोलम्बो उडेको छ ।

उनीहरुले आइतबार भक्तपुर दरबारको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077