Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उर्लाबारीमा आगलागी हुँदा प्रहरीसहित २२ जना घाइते

    उर्लाबारीमा आगलागी हुँदा प्रहरीसहित २२ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङमा आगलागी हुँदा कम्तीमा २२ जना घाइते भएका छन् ।

    जिल्लाको उर्लाबारी नगरपालिका– ७ मा रहेको दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।



    लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीयसहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । जसमा उर्लावारीमै कार्यरत ४ जना प्रहरी छन् ।



    घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर, २ जनाको उर्लाबारीकै गोदावारी तथा १ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार