Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक वृद्धाको मृत्यु

काठमाडौं । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको हो ।

उनले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन्।

अचानक दियोको बत्ती आफैंले लगाएको कपडामा सल्किएको ८५ वर्षीय श्रीमान् गुरूप्रसाद दाहालले पानी हाली निभाउने कोसिस गरेको थिए।

तर आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ ।

घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077