Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प पीडितलाई आवास बनाउन ५० हजार दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले भूकम्प पीडितहरुलाई आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरुलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

सरकारले यसअघि भूकम्पमा परी ज्यान गुमाएकाहरुलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त रकम भूकम्प पीडितहरुलाई वितरण गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077