Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटक प्रतिबन्धमा रविको प्रतिक्रिया – नेताहरु भ्रष्ट भए भन्दैमा पार्टी नै बन्द गरिदिने ?

    टिकटक प्रतिबन्धमा रविको प्रतिक्रिया – नेताहरु भ्रष्ट भए भन्दैमा पार्टी नै बन्द गरिदिने ?

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 981
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताहरु भ्रष्ट भए भन्दैमा दलहरुमाथि नै प्रतिबन्ध लगाउन नहुने टिप्पणी गरेका छन् ।

    टिकटक बन्द गराउने सरकारको निर्णयको विरोध गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।



    सभापति लामिछानेले सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिए । उनले विषयवस्तुको नियमन गर्नुपर्नेमा माध्यमलाई नै प्रतिबन्ध लगाउन खोजिएको टिप्पणी गरे ।



    सभापति लामिछानेले लेखेका छन्,‘अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ । यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौ नेताहरु भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त ? आजको युगमा सामाजिक सञ्जाल (सोसल मिडिया)को विकल्प सुधारिएको सामाजिक सञ्जाल हो ।सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’

    टिकटकका कैयौं प्रयोगकर्ता र तिनका विषयवस्तु खराब भएपछि सबै गलत नभएको उनले बताए । उनले गलत भएकै आधारमा यस्तो निर्णय हुने भए सबै प्लेटफर्मलाई बन्द गर्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन् ।

    सभापति लामिछानेले समस्या प्लेटफर्मको नभई सामग्रमिा रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए ।

    उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार