Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सरकारलाई शेखरको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकटक प्रयोगमा रोक लगाउने सरकारको निर्णयको आलोचना गरेका छन्।

नेता कोइरालाले सरकारले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय गरेको भन्दै खेद व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरुका बारेमा सरकारलाई स्मरण: गराउन चाहन्छु ।’

नेता कोइरालले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।

उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरू आएको बताएका छन् ।

सरकारले आजमात्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077